परीक्षा आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।



परीक्षा आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।


राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा लिने कक्षा ११ र १२ को परीक्षा आवेदन फारम भर्नको लागि गरिएको निर्देशानुसार यस श्री भोज प्रकाश माध्यमिक विद्यालयमा नियमित, ग्रेडवृद्धि तथा एक्जाम्टेड (आंशिक) समूहबाट परीक्षामा सामेल हुने परीक्षार्थी तथा एक पटकको लागि रजिष्ट्रेसन नंं. सुरुका .................... भएकालाई समेत अन्तिम एक पटक मौका पाउने गरी परीक्षा आवेदन फारम खुलेको व्यहोरा जानकारी सहित तपसिल बमोजिम परीक्षा आवेदन फारम भर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल


 नियमित तथा एक्जाम्टेड (आंशिक) दुबै समूहका लागि प्रति खण्ड परीक्षा आवेदन शुल्क रु. ६५०।– लाग्नेछ ।
 कक्षा ११ का विद्यार्थीको हकमा रजिष्ट्रेसन फारमको दुवैपट्टिको अर्धकट्टिको फोटोकपी चाहिने छ ।
 कक्षा १२ का नियमित विद्यार्थीको हकमा कक्षा ११ को लब्धाङ्क तथा ग्रेडसिट अन्य विद्यार्थीको हकमा अघिल्लो वर्षको लब्धाङ्क पत्रकोे फोटोकपी चाहिने छ ।
 कक्षा ११ र १२ का नियमित ग्रेडवृद्धि(c वा सो भन्दा तलको ग्रेड प्राप्त गरेका विषयमा ग्रेडवृद्धि परीक्षा दिन चाहने परीक्षार्थीहरुका लागि) एवं आंशिक परीक्षार्थीले आवेदन फारम भर्दा परीक्षा आवेदनको माथिल्लो भागमा आफूले परीक्षा दिने अनिवार्य विषय र ऐच्छिक विषय र सो को कोड नं. स्पष्ट रुपमा लेख्नु पर्ने छ ।
 छात्रको हकमा कपाल ब्रस कट गरी नरङ्गाएको तथा छात्राको हकमा दुई चुल्ठामा रातो रिवन बाधेको तथा दुबैको हकमा टोपी नलगाई विद्यालय पोशाकमा खिचिएको रंगीन पासपोर्ट साइजको २ प्रति फोटो अनिवार्य हुनुपर्ने छ ।
नियमित विद्यार्थीले पौष मसान्तसम्मको मासिक शुल्क बुझाएको हुनुपर्नेछ ।
 आवेदन फारम यही मिति २०७५/१०/१० गते भित्र भरिसक्नु पर्नेछ ।


0 Comments