भाबपूर्ण श्रद्धाञ्जली कार्यक्रममा सहभागी सम्बन्धी सूचना



स्याङ्गजा जिल्ला हरिनास गाउँपालिका वडा नं - १ रानाथर निवासी तथा यस श्री भोज प्रकाश माध्यामिक विद्यालयका संस्थापक, प्रथम प्रधानाध्यापक तथा शिक्षक, विशिष्ट आजीवन सदस्य, सामाजिक रुपान्तरणका अभियन्ता, समाजसेवी, आदर्श न्यायप्रेमी स्व. श्री टेक बहादुर राना ज्यूको २०७६ बैशाख ९ गते निधन भएको हुँदा उहाँको परिवारको उपस्थितिमा तल दिईएको मिती, स्थान र समयमा भाबपूर्ण श्रद्धाञ्जली कार्यक्रम राखिएको हुँदा उक्त कार्यक्रममा विद्यालय ब्यावस्थापन समिति, शिक्षक अभिभावक संघ, सामाजिक परिक्षण, सल्लाहकार समिती, भू. पू. विद्यालय ब्यावस्थापन सदस्यका पदाधिकारीहरु, विद्यालयका अति विशिष्ठ आजीवन सदस्य ज्यूहरु, बिशिष्ठ आजीवन सदस्य ज्यूहरु, आजीवन सदस्य ज्यूहरु, चन्दादाता, अभिभाबक, शिक्षक, विद्यार्थीहरु संम्पूर्ण सबैमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं !

तपशिल :

मिती : २०७६/०१/२१ गते शनिबार !
स्थान : श्री भोज प्रकाश माध्यामिक विद्यालय
समय : बिहान ठिक ११:०० बजे !

अध्यक्ष : कप्तान डोर बहादुर राना

प्रधानाध्यापक : सुरज मानन्धर

0 Comments