प्रधानाध्यापक श्री देव बहादुर रानाद्धारा पेश गरिएको विद्यालय विकास प्रस्तावना २०८२

 

विद्यालय विकास प्रस्तावना

श्री भोज प्रकाश माध्यमिक विद्यालय

हरिनास गाउँपालिका १, सालडाँडा

स्याङ्जा





शिक्षा नियमावली २०५९ (संशोधन सहित) परिच्छेद १७, नियम ९३(३) सँग

सम्बन्धित प्रधानाध्यापक पदको उम्मेरद्धार बन्न प्रस्तुत गरिएको विद्यालय






विकास प्रस्तावना-२०८२









प्रस्तुतकर्ताः

देव बहादुर राना

पदः शिक्षक

तह/श्रेणीः माध्यमिक, द्वितीय

सम्पर्क नं॰ ९८५६०१९९२२

श्री भोज प्रकाश माध्यमिक विद्यालय

हरिनास … १, सालडाँडा, स्याङजा














विद्यालय विकास प्रस्ताव

श्री भोज प्रकाश माध्यमिक विद्यालय हरिनास , स्याङ्जा

विद्यालयको पृष्ठभूमिः

प्रजातन्त्रको स्थापना पछि गण्डकी प्रदेश स्याङजा जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा शिक्षा प्राप्त गर्न मात्रृभूमि मा वि सातुपसल र बनारस जानु पर्ने बाध्यता रहेको थियो । वरपर विद्यालय स्थापना नभएको स्थानीयहरु शिक्षाको अवसरबाट बञ्चित भइ रहनु परेको अवस्था थियो । भारतीय सेनामा भर्ती भएर केहि वर्ष सेवा गरे पछि स्वदेशमा नै केहि गर्नु पर्छ भन्ने सोचका साथ नेपाल फर्कनु भएका स्व. टेक बहादुर रानाको नेतृत्वमा यस विद्यालय स्थापना भएको थियो । स्व॰ जिम्मूवाल देउचन रानाको घर अगाडि ठूलो गरामा पठन पाठन कार्य प्रारम्भ गरेर संचालनमा आएको यस विद्यालयमा सुरुमा कक्षा  ३ सम्म पढाई हुने व्यवस्था थियो । क्रमश कक्षा ४ कक्षा ५ र कक्षा ६ सम्म पढाई हुँदै केहि समय कक्षा थप गर्ने क्रम अवरुद्ध भयो । केही समय पछि प्रस्तावित माध्यमिक विद्यालयका रुपमा कक्षा १० सम्म पढाई संचालन भयो । २०५५ सालमा पहिलो ब्याज एस एल सी परीक्षामा सम्मिलित भएको र हाल कक्षा १२ सम्म अध्यापन भई रहेको छ  । हाल यस विद्यालयमा कक्षा ११ र १२ मा मानवीकी र शिक्षा शास्त्र संकाय तर्फ पठन पाठन संचालन भई रहेको छ । यस विद्यालयले हरिनास गाउँपालिका वडा नं॰ १, विरुवा गाउँपालिका वडा नं॰ ४ र शुक्लागण्डकी न॰पा॰ वडा नं॰ ११ का लगभग १००० घरधुरीलाई सेवा दिइरहेको छ ।

दूरदृष्टिः देश विकासका लागि योगदान दिन सक्ने असल, परिश्रमी र दक्ष जनशक्ति उत्पादन गर्न आधार तयार पार्ने ।

लक्ष्यः स्थानीय तहकै उत्कृष्ठ नमुना विद्यालयका रुपमा विकसित गर्ने ।

उद्देश्यः शिक्षकहरुमा पेशागत दक्षता विकाससँगै विद्यालयको कार्यकुशलताको उच्चतम बृद्धि गर्ने ।

कार्यक्रम/ प्रमुख कियाकलापहरुः

क)   शिक्षकहरुको पेशागत दक्षता विकास गर्ने

ख)   वित्तीय स्रोतको खोजी तथा व्यवस्थापन गर्ने

ग)    बालबालिकामैत्री विद्यालय वातावरण निर्माण गर्ने

घ)    विद्यालयको भौतिक अवस्थालाई विकसित गर्ने

ङ)    विद्यालय समुदाय सम्बन्ध चुस्त दुरुस्त बनाउने

 

 

 

 

विद्यालयका विद्यमान अवस्था, प्रमुख समस्या तथा चुनौतिहरुः

क)   विद्यालयको वर्तमान भौतिक अवस्थाः

        I.            विद्यालय भवनः

विद्यालयमा चार वटा भवनहरुमा २७ वटा कोठाहरु रहेका छन् । जस मध्ये एउटा भवन प्रशासन संचालनका लागि र बाँकी ३ वटा भवनहरु अध्यापन कार्यका लागि प्रयोग हुँदै आएका छन् ।विद्यालयका कोठाहरु पुस्तकालय कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला, दिवा खाजा व्यवस्थापन कक्ष र भण्डार कक्षका रुपमा रहेका छन् । विद्यालयमा प्रवेशद्धार र घेराबार नहुँदा पशु चौपाय तथा छाडा कुकुर प्रवेश गर्ने र खेल मैदान फोहोर गर्ने समस्या रहेको छ ।

      II.            फर्निचरः
विद्यालयमा विद्यार्थी संख्या घट्दै गई रहेको सन्दर्भमा फर्निचर पुग्दो मात्रामा भए  पनि पुराना ढाँचाका र जिर्ण बन्दै गईरहेका छन् । विद्यार्थीहरुको उमेर र स्तर सुहाउँदो सुविधाजनक फर्निचर व्यावस्थातर्फ निरन्तर लागि रहनुपर्ने अवस्था छ । विज्ञान प्रयोगशालामा सामग्री प्रर्दशन गर्ने टेबलको अभाव छ । शिक्षक स्टाफ कक्षामा फर्निचरको अभाव छ ।

    III.            खानेपानीः
विद्यालयका लागि समुदायले एउटा छुट्टै पाइपलाईनको व्यवस्था गरेको छ । विद्यार्थीका लागि पानी छान्न फिल्टरको व्यवस्था गरिएको छ । शुद्ध पिउने पानीको आपुर्तिलाई दिगो बनाउन थप प्रयास गर्नुपर्ने देखिन्छ । हात धुने धाराको व्यवस्थालाई थप सुधार गर्नुपर्ने देखिन्छ ।

    IV.            जग्गा जमिनः

विद्यालयको प्रयाप्त जग्गा जमिन छैन । भएको जग्गा भवन संरचनाले ओगटेको छ । खेलमैदान बनाउनका लागि प्रशस्त जग्गा छैन । समुदायसँग विद्यालयले खरिद गरेको जग्गाको जग्गाधनी प्रमाणपूर्जा उपलब्ध हुन नसकेकोले दिगो प्रयोगमा समस्या देखिएको छ ।

      V.            विद्यालयको वातावरणको सरसफाइः

विद्यालयको खेल मैदान हुँदै समुदायका मानिसहरुको आवतजावत गर्ने बाटो पनि पर्ने हुनाले  विद्यालयलाई घेराबार गर्न जरुरी छ । विद्यालयमा जङ्कफुड प्रवेश हुने गरेको र यसबाट प्लाष्टिकजन्य फोहोर बढी हुने गर्दछ । विद्यालयको मैदान घाँस, झारपात, हिलो र धुलोयुक्त हुनाले विद्यार्थीलाई असुविधा भईरहेको छ । यसलाई ढलान गर्न आवश्यक देखिन्छ । विद्यालयको घेराबार गरी पशुचौपायको अवाञ्छित प्रवेश पूर्ण रुपमा बन्द गर्नुपर्ने देखिन्छ । विद्यालय हाताभित्र शिक्षक विद्यार्थीका लागि दिवाखाजा खान चमेनागृह संचालन गरी शैक्षिक वातावरणमा सुधार ल्याउन आवश्यक देखिन्छ ।

 

ख)   शैक्षिक पक्षः 

                          I.            विद्यालय सेवाक्षेत्र भित्रका केहि वालवालिका निजी विद्यालयमा र धेरै बालबालिका सामुदायिक विद्यालयमा पढ्न जान्छन् । कुनैपनि वालवालिका विद्यालय शिक्षाको पहुँच भन्दा बाहिर छैनन् ।

                        II.            विद्यालयमा मापदण्ड अनुरुप विद्यालय खुल्ने तथा पठनपाठन हुनेगरेको छ । विद्यालयका विद्यार्थीको उपस्थितिमा अनियमितता बढ्दो रुपमा देखिएको छ भने शिक्षकहरुको उपस्थिति मापदण्ड अनुरुप नै देखिन्छ ।

                      III.            विद्यार्थीको शैक्षक उपलब्धि खस्कदो क्रममा रहेको देखिन्छ । विद्यार्थी संख्या घट्दै जाँदा उदार कक्षान्नोति गर्ने परम्परा नै रहेको जसले गर्दा विद्यार्थीले सिकाइका मापदण्ड पूरा नगरी माथिल्लो कक्षामा चढाउने गरेकाले  यो समस्या देखा परेको बुझिन्छ ।

                     IV.            शैक्षिक व्यवस्थापनको स्थितिः

विद्यालयमा तहगत रुपमा विषयगत शिक्षक उपलब्ध हुन सकेको छैन । प्राथमिक तहमा रहेको थप दरबन्दीले माथिल्लो कक्षा व्यावस्थापन गर्ने गरीएको छ ।विद्यालयमा खाली पिरियडको व्यवस्थापन राम्रोसँग भएको छ ।

ग)     विद्यालय समुदाय सम्बन्धः

                                I.            विद्यालय व्यवस्थापन समितिः

विद्यालयको व्यवस्थापन पक्ष सबल देखिन्छ । शिक्षक विद्यार्थी र अभिभावकको समन्वय गर्ने कार्यमा विद्यालय व्यवस्थापन समिति सफल देखिन्छ । यधपि तीन वर्षे कार्यकालको अन्तिम वर्षमा चलिरहेको अवस्था छ । विद्यार्थीको घरमा पढ्ने वातावारण सुधार गर्न अभिभावक शिक्षाको खाँचो महसुस गरिएको छ । विद्यालय प्रति समुदायको चाँसो पहिलेकै अवस्थामा फर्काउन थप प्रयास आवश्यक देखिन्छ ।

                              II.            शिक्षक अभिभावक संघः

शिक्षक अभिभावक संघको कार्यकाल २ वर्षका लागि भए पनि विद्यालय व्यवस्थापन समिति सँगै गठन र तीन वर्ष कार्यकाल पछि विघटन हुने अभ्यास गरीएको छ । विद्यालय समुदाय सम्बन्ध स्थापना र शैक्षिक वातावरण सुधार गर्न सक्रिय भूमिका खेलेको देखिन्छ । विद्यालयको शैक्षक वातावरण बृद्धि गर्न यसले अझ रचनात्मक भूमिका खेल्न जरुरी देखिन्छ ।

                            III.            अभिभावक सम्मेलनः

विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक दिवस र त्रैमासिक परीक्षाको नतिजा प्रकाशनको अवसर पारेर अभिभावक सम्मेलन गर्ने परम्परा छ । विद्यालयप्रति अभिभावकहरुको चाँसो क्रमश घट्दै गएको अवस्थामा उहाँहरुको रचनात्मक सल्लाह सुझाव लिएर विद्यालयको शैक्षिक गुणस्तर सुधारमा लाग्नु पर्ने देखिन्छ ।

 

                            IV.            सामुदायिक सक्रियताको स्थितिः

विद्यालयको भौतिक विकासका लागि समुदायको सहयोग अतुलनीय र कदर गर्नलायक छ । विद्यालय प्रा॰वि॰ तहबाट  नि॰मा॰वि॰, मा॰ वि॰ र उच्च मा॰वि॰ संचालन गर्ने क्रममा भवन र कक्षाकोठा निर्माण गर्न जमिन सम्याउने, टेवा पर्खाल लगाउने, ढुङ्गा गिटी बालुवा बोक्ने कार्यमा श्रमदान गर्नुका साथै आर्थिक स्रोत जुटाउन अति विशिष्ट, विशिष्ट र साधारण आजीवन सदस्य बनेर ५०औँ लाख आर्थिक सहयोग जुटिसकेको छ भने हाल पनि वार्षिक ५/६ लाखका दरले आर्थिक सहयोग प्राप्त भईरहेको छ । 

घ)     अतिरिक्त क्रियाकलापः

विद्यालयमा सदन विभाजन गरी विभिन्न विद्यमान अतिरिक्त कियाकलाप संचालन गरी विद्यार्थीका प्रतिभा प्रस्फुटन गर्ने प्रयास भएका छन् । विद्यालयमा गठन गरिएको जुनियर रेडक्रस सर्कलले अतिरिक्त क्रियाकलापको पुरस्कार व्यवस्थापन गर्दै आएको छ । विद्यालयमा ई … वाल क्लव र सामुदायिक सरसफाई कार्यक्रम थप गर्नु पर्ने आवश्यक देखिन्छ ।


२॰ विद्यमान अवस्था प्रमुख समस्या तथा चुनौतिहरुः

क्र स

विद्यालय विकासका पक्षहरु

सबल पक्षहरु

विद्यमान प्रमुख समस्या र चुनौँतिहरु

तत्कालीन योजना र क्रियाकलापहरु

१॰

विद्यालयसँग सम्बन्धित योजना निर्माण (SIP, TIP र वार्षिक कार्ययोजना)

वार्षिक कार्ययोजना निर्माण र कार्यान्वयन हुने गरेको

·        विद्यालय सुधार योजना प्रति अपनत्वको अभाव

·        शिक्षण सुधार योजना निर्माण र कार्यान्वयनले निरन्तरता पाउन नसकेको

·        बुक फ्रि फ्राइडेमा जीवन उपयोगी सीप विकास का क्रियाकलाप समेट्न नसकिएको

·        विद्यालय सुधार योजना प्रति सरोकारवालाहरुको ध्यानाकर्षण गराउने

·        बुक फ्रि फ्राईडेमा गरीने क्रियाकलापहरु वार्षिक कार्यपात्रोमा नै उल्लेख गरी कार्यान्वयन गर्ने

स्रोत व्यवस्थापन

क)    वित्तीय लेखा पद्धति

लेखा पद्धति दुरुस्त रहेको, बेरुजु शुन्य रहेको

·        निजि आयस्रोतलाई शैक्षिक गुणस्तरमा भन्दा भौतिक पक्षमा लगानी गर्ने परम्परा

·        निजी आम्दानीलाई शैक्षिक गुणस्तर सुधारमा लगानी गर्ने

ख)     मानवीय तथा सूचना

 

·        विद्यालयमा उपलब्ध शिक्षकहरुमा रहेको विज्ञतालाई सहि उपयोग गर्न नसकिएको

·        शिक्षकहरुमा रहेको विज्ञता आदान प्रदान गरी विद्यार्थी सिकाइ उपलब्धीमा सुधार गर्ने,

शिक्षक विकास तथा पेशागत सहयोग

विद्यालयका सम्पूर्ण शिक्षकहरु तालिम प्राप्त हुनु

·        तालिममा सिकेका सीप कक्षा शिक्षणमा प्रयोग नहुनु,

·         कक्षा अवलोकन प्रक्रियाद्धारा शिक्षणमा सुधार गर्ने

विविधता व्यव्थापन

जातीय, समाजिक, साँस्कृति विविधतायुक्त समुदायबाट विद्यार्थी आउने

·        विविधता व्यवस्थापन सम्बन्धी मुद्दा नरहेको

·        साँस्कृतिक विविधताको संरक्षणमा विद्यालयको भूमिकालाई सशक्त बनाउने

समन्वय (वि॰व्य॰ स॰, शि॰अ॰ संघ, पालिका, विभिन्न निकाय)

वि व्य स र शि अ संघको सक्रियता राम्रो रहेको

·        पालिकासँगको समन्वय कमजोर रहेको

·        गैर सरकारी संघ संस्थाको उपस्थिति न्यून रहेको

·        पालिका र सहयोगीदाता निकायहरु सँग सम्बन्ध विकासका लागि पहल गर्ने

शैक्षिक व्यवस्थापन

विद्यालयमा लगनशील शिक्षकहरुको उपलब्धता

·        शिक्षक दक्षता अनुकुल सिकाइ उपलब्धि हाँसिल गर्न नसकिएको

·        विद्यार्थी मूल्याङ्कन र अभिलेखीकरणलाई प्रविधिमैत्री बनाउन नसकिएको

·        शिक्षकहरुलाई सिकाइ उपलब्धि सुधारमा जिम्मेवार बनाउने

·        Teacher Mentoring कार्यक्रम संचालन गर्ने

·        मूल्याङ्कन र अभिलेखीकरण प्रकियालाई प्रविधिमैत्री बनाउने

 

अन्य

 

·         

·         

 


२॰ विश्लेषणका आधारमा देखिएका समस्या समाधानका लागि प्राथमिकीकरण

क)            प्रमुख समस्या तथा चनौतिहरुः

१)             आन्तरिक सक्षमताको अवस्थालाई सुधार गर्ने,

२)             विद्यार्थीको उपस्थितिमा क्रमिक सुधार गर्ने,

३)             शिक्षक उपलब्धताको बृद्धि गर्ने,

४)             भौतिक सुविधाको अवस्था (कक्षाकोठा, फर्निचर, घेराबार सहित प्रवेशद्धार, विज्ञान प्रयोगशाला, ICT, खेलमैदान, विपत् जोखिम व्यवस्थापन, प्राथमिक उपचार कक्ष) मा सुधार गर्ने

५)             विद्यालय संचालन र पठनपाठन (शिक्षक तालिम र उत्प्रेरणा , शिक्षण सुधार, विद्यार्थी उपस्थिति, प्रविधिमैत्री शिक्षण, आर्थिक स्रोतको खोजी र आर्थिक पारदर्शिता)

ख)            विद्यालयको अवस्था सुधारका लागि अबलम्वन गरिने रणनीतिहरु

१)             शिक्षक र विद्यार्थीमा उत्प्रेरणा जगाउने,

२)             शिक्षक विद्यार्थी र अभिभावकलाई जिम्मेवार बनाउने,

३)             आर्थिक स्रोतका लागि दाता खोजी गर्ने,

४)             विद्यालय संचालनका असल अभ्यास खोजी र अनुकरण गर्ने,

५)             वित्तीय पारदर्शीता कायम गर्ने,

६)             सूचना प्रविधिमैत्री कक्षा संचालनका लागि आधार तयार गर्ने,

७)             बालमैत्री कक्षाकोठा व्यवस्थापन गर्ने।

ग)             विद्यालय विकास कार्यक्रमको क्षेत्र

१)             प्रशासनिक पक्ष

२)             शैक्षिक पक्ष

३)             आर्थिक पक्ष

४)             भौतिक पक्ष

५)             विद्यालय समुदाय सम्बन्ध स्थापना

घ)             विद्यालय विकास कार्यक्रमको लक्ष्य र उद्देश्य

·       प्रशासनिक योजना निर्माण र कार्यान्वयन

·       शिक्षकको विकासः उत्प्रेरणा र तालिमको ब्यवस्थापन

·       आर्थिक स्रोत जुटाउने

·       विद्यालय हातामा घेराबार र प्रवेशद्धार निर्माण गर्ने

·       विद्यालय समुदाय सम्बन्ध विकास र परिचालन

ङ)             प्राथमिकता निर्धारणः

·       आन्तरिक सक्षमतामा सुधार गर्ने

·       शैक्षिक वातावरणलाई प्रविधिमैत्री र बाललमैत्री बनाउने

·       विद्यालयको भौतिक पक्षको विकास गर्ने

·       आर्थिक विकासका लागि दाताहरुको संजाल तयार गर्ने

 


च)             विद्यालय विकास सम्वन्धि पाँच बर्षीय कार्ययोजना

क्र स

अपेक्षित नतिजा

कार्यहरु

कार्यप्रकृया

समयावधि

सूचक

शत प्रतिशत विद्यार्थीहरुको न्यूनतम सिकाइ उपलब्धि मध्यम स्तरको हुने

·        शिक्षक विद्यार्थी उपस्थितिमा सुधार

·        शिक्षणलाई सुधार गरी प्रविधिमैत्री बनाउने

·        पुराना तथा असल अभ्यासहरुलाई निरन्तरता

·        अतिरिक्त कक्षाको व्यवस्थापन

·        शिक्षक विद्यार्थी उपस्थितिलाई प्रविधिसँग जोड्ने

२ वर्ष

·        विद्यार्थी शिक्षकको कक्षामा उपस्थिमा सुधार

·        कक्षा शिक्षणमा शिक्षक तथा विद्यार्थीहरुले प्रविधिको प्रयोग गर्न सक्षम हुने

·        आधारभूत र माध्यमिक कक्षामा न्यूनतम सिकाइ उपलब्धि हासिल गरी राष्ट्रिय मापदण्ड अनुसार पुगेको हुने

·        शैक्षिक सामग्री प्रयोगको अभिलेखीकरण गर्ने

५ वर्ष सम्म निरन्तर

·        स्रोतसाधनको खोजी तथा व्यवस्थापन र शिक्षक तालिमको व्यवस्थापन

२ वर्ष

·        नमुना शिक्षण प्रर्दशन र अवलोकन

५ वर्ष सम्म निरन्तर

विद्यालयमा पर्खाल प्रवेशद्धार  निर्माण र चमेनागृह संचालन गर्ने

·        पर्खाल र प्रवेशद्धार निर्माण गर्ने

·         विद्यालय हाता भित्र दिवाखाजा कार्यक्रमकालागि चमेनागृह संचालन गर्ने

·        दाताहरुको सहयोगमा विद्यालय पर्खाल र प्रवेशद्धार निर्माण गर्ने

·        विद्यालयको आन्तरिक मानवस्रोतबाट दिवाखाना कार्यक्रम संचालन गर्ने

२ वर्ष

·        विद्यालय समय भित्र विद्यालयसँग सम्बद्ध व्यक्ति विद्यालयमा नै रहेने

·        विद्यालयमा जङफुड लगाएत प्याकिङ्क गरिएका खानेकुरा बन्द गर्ने

शिक्षकलाई प्रविधिमैत्री बनाउने

·        दाताहरुको सहयोगमा ICT का सामग्री व्यवस्थापन गर्ने

·        शिक्षकलाई ICT सम्बन्धी तालिम दिने

·        आर्थिक स्रोत जुटाइ ICT पूर्वाधार विकास गर्ने

·        तालिम कार्यक्रको निर्माण गरी शिक्षकलाई अनिवार्य तालिन प्रदान गर्ने

२ वर्ष

·        कक्षाकोठामा प्रविधिको पहुँच र प्रयोग हुने

·        सबै शिक्षकहरुले ICT सम्बन्धि तालिम प्राप्त गर्ने

खेलमैदान निर्माण

·        विद्यालय परिसरमा रहेको खेलमैदान लाई ढलान गर्ने

·        नयाँ खेल मैदानको स्तरोन्नती गर्ने,

·        विद्यालयको माटोको भुई भएको मैदानलाई कंक्रिट ढलान गर्ने,

·        नयाँ पोखरीमा भएको मैदानलाई सुरक्षित र स्तरीय खेलमैदान बनाउने

५ वर्ष

·        साना खेलमैदानमा खेल्न सकिने खेलहरुमा विद्यार्थीको पहुँच हुने

·        सुरक्षित खेलमैदानको व्यवस्थापन हुने

सुविधा सम्पन्‍न अडिटरियल हल निर्माण

·        सभाहल निर्माण

·        सभाहलमा आवश्यक प्रविधिको जडान

·        आवश्यक आर्थिक सहयोग संकलन

·        निर्माण समिति गठन र निर्माण सम्पन्न

३ वर्ष

·        कम्तिमा २०० जना क्षमताको सभा हल निर्माण हुने

·        सभाहलमा Audio Visual साधनहरुले सम्पन्न हुने

 कार्यक्रम

कार्यक्रम

अनुमानित बजेट

समय

जनशक्ति

स्रोत

अनुगमन

शिक्षण सुधार

१०००००।…

पहिलोवर्ष

विषयगत रोष्टर

आन्तरिक

प्र॰अ॰

ICT पूर्वधार निर्माण र तालिम

१००००००।…

३ वर्ष

ICT प्रशिक्षक

आन्तरिक, स्थानीय तह

वि॰व्य॰स॰,प्र॰अ॰, स्थानीय तह

सुविधा सम्पन्‍न अडिटरियल हल निर्माण

१५०००००।…

३ वर्ष

आवश्यक

समुदाय, पूर्वाधार विकास कार्यलय, स्थानीय तह

 

घेराबार

७०००००।…

२ वर्ष

आवश्यक

स्थानीय दाता

वि॰व्य॰स॰

शौचालय व्यवस्थापन

२०००००।…

५ वर्ष

आवश्यक

आन्तरिक

वि॰व्य॰स॰/ प्र॰अ॰

विद्यालय समुदाय सम्बन्ध सुधार

२५००००।…

५ वर्ष

शि॰अ॰संघ, प्र॰अ॰, शिक्षक

आन्तरिक

वि॰व्य॰स॰

दाता सञ्‍जाल तयार गर्ने

१०००००।…

निरन्तर

वि॰व्य॰स॰, प्र॰अ॰, शि॰अ॰संघ, प्र॰अ॰, शिक्षक

आन्तरिक

वि॰व्य॰स॰


मूल्याङ्कनः

विकास प्रस्तावमा उल्लेख गरीएका लक्षित योजना र कार्यक्रमको अर्धवार्षिक र वार्षिक रुपमा मूल्याङ्कन गरिनेछ । माध्यमिक शिक्षाको दायित्व लिएको हरिनास गाउँ कार्यापालिका नै मूल्याङ्कनकर्ता निकायको भूमिकामा रहने स्पष्ट छ । विद्यालय संचालन नियमितता, आन्तरिक सक्षमता, पारदर्शिता, कार्यक्रमको सान्दर्भिकता र शैक्षिक गुणस्तरसँग तादाम्यता, आदि मूल्याङ्कन गर्ने आधार हुनेछ ।

 

0 Comments

Newest